२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

कञ्चनपुरमा मदिरा सेवन गरेर घरभित्रै श्रीमतीको हत्या

हत्या, बलात्कारका घटनाबाट आक्र्रान्त कञ्चनपुरमा फेरी एक महिलाको हत्या भएको छ । गयराती बेलडाँडी गाँउपालिका २ लल्लरेडाँडाका तारा धामीले आफ्नै श्रीमती दुरादेवी धामीको हत्या गरेको छ । मदिरा सेवन गरेर घरयासी विवादका कारण धामीले श्रीमतीलाई लाठी प्रहार गरि हत्या गरिदिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज राजेन्द्र बहादुर सिहले घरभित्रै महिलाको हत्या भएको बताए ।

मृतकको शरिरमा लाठी प्रहार गरेका घाउ रहेका छन् । मदिराले मात लागेका ताराले श्रीमतीलाई निर्दही तरिकाले हत्या गरिदिएका छन् । संगै बाँच्ने, संगै मर्ने कसम खाएर वैवाहिक जिवनमा बाँधिएका व्यक्तिबाटै महिला असुरक्षित बन्दै गएका छन् । कतै महिलाबाट पुरुष अनाहक बलात्कारको आरोप र परपुरुषसंग मिलेर श्रीमानको हत्या कतै श्रीमानले श्रीमतीको हत्या गरिदिने प्रचलन अझै रोकिएको छैन् । हत्याको आरोपमा श्रीमान तारा धामी पक्राउ परेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाष्टमका लागि महाकाली अस्पताल ल्याईएको छ ।

मृतक दुराका दुई छोराछोरी रहेका छन् । आमालाई बाबुले मारिदिएपछि आमा स्वर्गबास, बाबु जेल जाने भएपछि धामी दाम्पत्तीका छोराछोरी टुहुरा भएका छन् । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले मानवता बिरोधी गतिबिधी भईरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘अहिले पछिल्ला दिनमा मदिरा, कुलत र कुविचारले महिलामाथि हिंसा मात्र नभई हत्याका घटना बढ्दै गएका छन, ‘उनले भनिन, ‘यि विषय जबसम्म हरेक पुरुषले मनभित्रबाटै नहटाउन्जेलसम्म अपराध रोकिदैन् ।’ घटनाको समाजिक रुपमा तारामाथि वितृष्णा, घृणा जन्माएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।