२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

ब्रिटिस गोर्खाको माग पुरा गर्न बेलायतले सकारात्मक छु भनेको छ : देउवा

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्रिटिस गोर्खाहरुको माग पुरा गर्न बेलायती सांसदहरुलाई आग्रह गरेका छन् । लन्डनमा बेलायती सांसदहरुसँग भेट्दै आफूले आग्रह गरेको र सांसदहरु सकारात्मक पाएको जानकारी उनले दिए ।
उनले ब्रिटिस गोर्खाको मागप्रति नेपाल सरकारको पूर्ण समर्थन रहेको समेत बताए । ‘बेलायती सांसदहरु सहयोग गर्ने पक्षमा छन्’ उनले भने, ‘बेलायतले माग पुरा गर्न आफू सकारात्मक भएको छ ।’
नेपालमा विदेशी लगानीको वातावरण एकदमै राम्रो भएको बताउँदै देउवाले जलविद्युतको सम्भावना प्रचुर रहेको बताए । ‘नेपालमा हाइड्रो, इलेक्ट्रिक कार र चुल्हो बनाउन सक्छौं । हामीले फोसिल फ्युलको विकल्प खोजिरहेका छौं’ उनले भने ।
प्रदूषणमुक्त क्षेत्रमा नेपालमा लगानीको सम्भावना रहेको उनले बताए । वनक्षेत्र ५० प्रतिशत बढाउने योजना सरकारले गरिरहेको उनले बताए । ‘नेपालको कानूनले विदेशी लगानीलाई स्वागत गर्छ र विदेशी पैसा खेर जान दिँदैन । सरकार आउने जाने कुराले फरक पर्दैन’ उनले भने ।

बेलायतमै अध्ययन गरेको र प्रधानमन्त्रीको रुपमा बेलायत जाँदा घरमा आएजस्तो महसुस भएको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।