विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । आफ्ना दाई तथा मित्र मनिष श्रेष्ठ (उनी पनि विश्व रेकर्ड कायम गरेका नै हुन्) संगै अन्तरवार्तामा आएका शाहीले प्रत्यक्ष भिडियोमा पनि आफ्नो जादु देखाएका छन् ।
भिडियो हेर्नुस् ।https://youtu.be/6aW74_0IlPo
विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।
कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको थियो । उनी एकै छिनमा विश्वभर चर्चित भए । त्यसका लागि उनले निकै मेहनत र संघर्ष भने गरेका थिए । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका हुन् ।
यसभन्दा अगाडिका विश्व रेकर्डधारी अर्पण शर्माले एक मिनेटमा ४२ वटा शब्द बोलेर विश्व रेकर्ड बनाएका थिए । शाहीले उनको रेकर्डलाई उछिनेपछि विश्व रेकर्डमा शाहीको नाम लेखिएको छ । भुजीलाई कालीकोटका विजय शाहीले उछिनेर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएर प्रमाणपत्र दिएको छ । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनी अहिले सामाजिक सञ्जाल र अन्तरवार्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुती धेरै युट्युव च्यानलहरुले दिएका छन् । दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गरेका थिए। उनले पहिलो पटक चीनमा भएको प्रतिस्पर्धामा प्वाइन्ट ५ ले पछि परेपछि भारतका सागर भुजीले विश्व रेकर्ड कायम गरेका थिए।