काठमाडौँ — सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव९विशिष्ट श्रेणी० पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज९बिहीबार० सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय निरु दाहाल पाण्डे, दीपक खराल र डा। रेवतीरमण पौडेलको नाम सिफारिस गरेको हो ।
सम्बन्धित समाचार कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस
कृषि सचिव डा. कृष्ण प्रसाद आचार्य गत सोमबार अनिवार्य अवकाश गएसँगै सचिव पद रिक्त रहेको थियो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जना मध्ये उपयुक्त लागेका एकलाई सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।



Views: 184

























