२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बैतडीको शिवनाथ गाउँपालिकामा डुंगा दुर्घटना स् मृत्यु हुने र बेपत्ता हुने एकैघरका दीदीभाई

बैतडी– बैतडीमा डुंगा पल्टिँदा बेपत्ता भएका मध्ये एकजनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शिवनाथ गाउँपालिका १ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो ।

मृत्यु हुने र बेपत्ता हुने एकैघरका दीदीभाई रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । चक्रसिंह साउँदकी अन्दाजी १३ बर्षीया छोरीको शव फेला परेको र ८ बर्षीय छोरा बेपत्ता रहेका उनले बताए । उनीहरुको नाम भने खुल्न सकेको छैन् ।

चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दशैमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ । गाउँपालिकाले कोभीडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरेपनि स्थानीयहरुले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए । ‘हामीले कोभीडको समयदेखि घाट बन्द गरेका थियौं । तर स्थानीयहरुले आफूखुसी डुंगा चलाउँदा समस्या भएको छ ।’अध्यक्ष साउँदले भने, ‘साँझको समयमा साउँद परिवारले जसरी पनि पारी जानुपर्ने काम छ भनेपछि डुंगा चलाएको रहेछ । अहिले यस्तो दुखद घटना भयो ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले बुधबार साँझ १० जना सवार डुंगा महाकालीमा पल्टिएको ती मध्ये ८ जना सकुशल रहेको जानकारी दिए । बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।