२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

बैतडी जिल्लामा बाघको आतंक

बैतडी — बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ३ मा बाघले आतंक मच्चाएको छ ।
करिब एक हप्ता देखि बाघले आतङ्क मचाएपछि स्थानिय बासि त्रसित बनेका छन् ।
गाउँमा दिन दहाडै बाघले गाउँमा पसेर पशु चौपाया मारेर खान थालेपछि स्थानीय बासी त्रसित बनेका हुन् ।
जनावर मात्रै नभई मान्छे लाई पनि आक्रमण गर्न सक्ने डरले त्रसित भएको स्थानीयको भनाइ छ ।
बुधबार दशरथचन्द नगरपालिका ३ कन्सना बस्ने कृषक गोपाल नाथको तीन वटा बाख्रा बाघले मारेको थियो ।
करीब ४ दिन अगाडि दनपा ३ बरकुराली बस्ने किसान अन्तराम नाथको एक बाख्रा खाएको थियो ।
यसरी मिहेनत गरी पालेका जीवजन्तु बाघले खाई दिँदा गरीब किसान समस्यामा परेको पीडित किसान बताउँछन् ।
बाघले गरेको क्षतिपूर्तिको लागि पहल गरिदिनुहुन सरोकारवाला निकायसंग पीडित परिवारले माग गरेको जानकारी प्रेस युनियन बैतडी शाखाका कोषाध्यक्ष धन बहादुर क्षेत्री जगदिशले जानकारी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।