बझाङ- बझाङकाे केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा पहिराे जाँदा बेपत्ता भएका युवकको शव भेटिएको छ ।
गत १९ असार राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा आइतबार मृत फेला परेका हुन् ।
उनको शव स्थानीय लोकबहादुर जेठाराको घर पछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए ।
उनका अनुसार स्थानीय लोक जेठाराले घर वरिपरि पसेको ढुङ्गा माटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेका हुन् ।
Views: 31