२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

हात्तीपाइले निवारणका लागि डडेल्धुरा र डोटीमा टास–२ सर्वेक्षण गरिने, ४७ विद्यालय छनोट

धनगढी— राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटीमा प्रसारण मूल्याकंन सर्वेक्षण ९टास–२० गरिने भएको छ। आउँदो मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले टास–२ सर्वेक्षण गर्न लागेका हो।
यसअघि डडेल्धुरा र डोटीमा प्रि–टास र टास–१ सफल भइसकेको छ। टास–२ सर्वेक्षण सकिएको दुई वर्षपछि फेरि टास–३ भनेर अध्ययन हुनेछ। यहाँतीनै सर्वेक्षणमा सफल भएपछि मात्रै यहाँ हात्तीपाइले निवारण भएको मानिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले जानकारी दिए।
उनका अनुसार छनोट भएका डडेल्धुरा र डोटीका ४७ विद्यालयमा टास–२ सर्वेक्षण गरिनेछ। जसमा डडेल्धुराका १९ र डोटीका २८ विद्यालय रहेका छन्। विद्यालयमा अध्ययनरत कक्षा १ र २ का बालबालिमा यो सर्वेक्षण गरिने शाहले बताए।
सर्वेक्षण गरिएको भगौलिक क्षेत्रमा हालै नयाँ संक्रमण छ कि छैन यकिन गर्न, हात्तीपाइले रोग निवारण, आम औषधी सेवन कार्यक्रमको प्रभावकारीता मापन गर्ने र विगतमा संचालन गरिएका सर्भेका नतिजाहरुसँग तुलना गर्न पनि टास–२ सर्वेक्षण गर्न लागिको जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले बताए। उनका अनुसार कक्षा १ र २ का छात्र छात्राहरू हात्तीपाइलेको आम औषधि सेवनपछि जन्मेको हुँदा उनीहरूमा यो सर्वेक्षण गरिने छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।