धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आइतबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ५२ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार धनगढी ४ का २७,२८ बर्षका २ पुरुष र धनगढी ८ का ४० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
Views: 44