२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

कोरोना भाइरस समुदायमा फैलिने खतरा बढ्यो

धनगढी । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । भारतबाट फर्केका व्यक्तिहरुलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउन थालेपछि कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने खतरा बढेको हो । सुरुताका सम्बन्धित स्थानीय तहले आ–आफ्नो क्षेत्रका व्यक्तिलाई सीमाबाटै लगेर क्वारेन्टाइनमा राख्ने गरेका थिए । तर, हाल व्यवस्थापनको कार्यबाट स्थानीय तह पनि पछाडि हटेका छन् । 

पछिल्लो समय भारतबाट फर्किने सबै व्यक्तिहरु सिधैं घर गइरहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयक निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘यसले, कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने सम्भावना धेरै बढेको छ’, उनले भने । ‘यदि, सङ्क्रमण समुदायस्तरमा गयो भने त्यसले भयावह रुप लिनेछ । र, नियन्त्रण गर्न गाह«ो हुनेछ ।’ 

सुदूरपश्चिममा पुष्टि भएका सङ्क्रमितमध्ये प्रायः व्यक्ति भारतबाटै आएका हुन । उनीहरुको सम्पर्कमा आएर सङ्क्रमित भएका र अन्य मुलुकबाट सङ्क्रमित भएर आएका व्यक्तिको सङ्ख्या थोरै छ ।  हाल चाडपर्व सुरु भएकाले भारतबाट फर्किनेक्रम फेरि बढ्दैछ । बन्दाबन्दीको क्रममा नफर्केर उतै बसेकाहरु स्वदेश आउन थालेका छन् । 

उनीहरु, आ–आफ्नै किसिमले घर गइरहेका छन् । कथमकदाचित, उनीहरु सङ्क्रमित भएमा बाटोमै धेरैलाई कोरोना भाइरस सार्न सक्ने जोखिम रहेका बताइएकोछ । यसैगरी, घर पुगेर सरकारले तोके अनुसारको मापदण्ड पूरा गरी ‘होम क्वारेन्टाइन’ र ‘सेल्फ आइसोलेसन’ मा नबसेमा आफ्ना परिवारलाई कोरोना सार्न सक्ने जोखिम रहेको छ । 

घर पुगेका व्यक्तिहरु मापदण्ड पूरा गरेर ‘होम क्वारेन्टाइन’ मा नबस्ने गरेको पाइएको अवस्थीले जनाए । उनले भने–‘जति, भने पनि मान्दैनन । कोरोना भाइरस समुदाय स्तरमा फैलिने उच्च जोखिम रहेको छ ।’ 
यो प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिसकेको पुष्टि भएको छैन । समुदायमा कोरोना भाइरस सरिसकेको वा नसरेको पुष्टि गर्नका लागि समुदायस्तरबाट स्वाब सङ्कलन गरी परीक्षणको कार्य थालिएको छ । सुरुमा डोटीमा ४५० जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशक डा. अवस्थीले बताए ।

‘अब नौ वटै जिल्लामा समुदायस्तरबाट स्वाब सङ्कलन गरेर परीक्षण गर्ने लक्ष्य छ’, उनले भने । ‘यो कार्य भएपछिमात्रै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएको वा नफैलिएको पुष्टि गर्न सकिन्छ ।’ 
कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिनका लागि भारतबाट आएकाहरुलाई सीमा नाकाबाटै व्यवस्थापन गर्न आवश्यक रहेको अवस्थीले जोड दिए । 

प्रदेशमा कोरोना भाइरस समुदायस्तरमा नफैलिए पनि समुदाय उन्मुख भने भएको छ । सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएर स्वास्थ्यकर्मी, कर्मचारी, परिवारका सदस्य लगायतका व्यक्ति सङ्क्रमित भइसकेका छन् । कैलालीको गोदावरी नगरपालिकामा सङ्क्रमितको सम्पर्कमा आएका समुदायस्तरका आठ जना व्यक्ति र कैलारी गाउँपालिकामा स्वास्थ्यकर्मीसहित तीन जना व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । 

पछिल्लो समयमै समुदायका व्यक्तिमा पनि कोरोना सङ्क्रमण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । ‘कोरोना सङ्क्रमण समुदाय उन्मुख भएको छ’, उनले भने । 
 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।