२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

४ वर्षपछि पुन मतगणना हुँदा वडाध्यक्षको नतिजा उल्टियो

जनकपुरधाम — अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ ।
उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् ।
यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आइतबार भएको पुन मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् ।
४ वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।
तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए । उच्च अदालतले २१ असार २०७५ मा पुनः मतगणना गर्ने आदेश दिएपनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्चको ६ चैत २०७७ को आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।
उच्च अदालतका रजिष्ट्रार र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताए । अब पुनः गणनाको परिणाम न्यायाधीश समक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले बताए ।
रायलाई निर्वाचित भएका चौधरीभन्दा बढी मत आएपछि अदालत प्राङ्णमै उनका समर्थकहरुले उनलाई माला लगाइदिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।