डडेल्धुरा — सुदुर पहाडका् केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा मेसुको जिम्मेवारी भट्टल् सम्मालने भएका छन् । डा.चेतराज भट्ट डडेल्धुरा अस्पतालको नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्टमा चेतराज भट्ट नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा।भट्टलाई नियुक्त गरेको हो । ८ औ तहका चिकित्सक भट्टलाई मन्त्रालयले आईतबार परिपत्र समेत गरिसकेको छ । बैतडी घर भई धनगढी बस्दै आएका डा। भट्ट करिब १० महिनादेखी डडेल्धुरा अस्पतालमै कार्यरत छन् ।
उनले यस अगाडी स्वास्थ्य सेवा विभाग, दार्जुला अस्पताल लगायतका क्षेत्रमा काम गरिरहेका छन् । यसअघि अस्पतालमा डा। जगदिशचन्द्र बिष्ट मेसु थिए ।



Views: 156

























