सामाजिक संञ्जालमा निकै चर्चा पाइका भीम उपाध्याय लेख्छन —
कसैको निकट नातेदार जस्तै बा आमा, छोरा छोरी, पति पत्नीको मृत्युपछि विधिपूर्वक मृत्यु संस्कार र किरिया कर्म गरिएको छैन भने मृतकका प्रेतले निकट परिवारलाई जीवनभरि र मृत्युपछि पनि सताईरहन्छ। ऋणानुबन्धबाट कोही मुक्त हुन सक्दैन ।
सही प्रविधि र विधिबाट मृत्यु संस्कार गर्नुपर्छ, वैदिक विज्ञानले यो कुराको अनुष्ठान गरिदिएको छ। नगरे गरे पनि बाहिरी रूपमा खास फरक देखिने हैन तर उसको मन र चेतनामा खुब प्रहार गरिरहेको हुन्छ जुन उ स्वयं पनि त्यस्तो किन के कारणले भईरहेको छ बोध गर्न नसक्ने हुन्छ। उसको त्यो बिमारी कुनै मनोचिकित्सकले पनि पत्ता लगाउन सक्ने हुदैन।
यसको समाधान हो( यो घटना मनन गरेर हेर्नुहोला कतै तपाई आफ्ना निकट पितृप्रति अनादर वा तिनको मृत्यु संस्कारमा लापरवाही गर्नु त भएको त थिएन । यसलाई मामुली बात नठान्नु होला जीवन र मृत्यु फरक चिज हैनन्, त्यसैले जीवनलाई जति महत्व दिनु हुन्छ त्यो भन्दा कम महत्व मृत्युलाई दिन हुदैन।
तर स्वतन्त्रता सबैमा छ, कर्म र कर्मको परिणाम आफै सबैले बेहोर्छन्। अरूले केही गरेर हुने हैन, हुदैन। यसो वैदिक विज्ञान र ज्ञान यस्तो छ है भनेर सुनाईदिने मात्र हो।
उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुन । उनले सामाजिक संञ्जालको माध्यम बाट सामाजिक कार्य गर्दै आएका छन् ।





















