२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

परशुराम ५ का अध्यक्ष चन्द द्वारा भौतिक मन्त्री बोहराको ध्यानाकर्षण

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका वडा .न. ५ का वडा अध्यक्ष मिन बहादुर चन्दले शुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिंह बोहराको ध्यानाकर्षण गराउनु भएको छ ।

ठूलो भुगोलक्षेत्र ओगटेको अत्यधिक जनसंख्या भएको परशुराम नगरपालिकाका भौतिक र्पुवाधार भएको चर्चा, भई रहेको अवस्थामा स्थानिय सरकारको क्षमता भन्दा बाहिरका बिकास र्निमाण भौतिक संरचना, योजना र्निमाणका लागि मागपत्र सहित मन्त्री बोहराको ध्यानाकर्षण गराएको चन्दले बताए ।

राष्ट्र र अन्तराष्ट्रमा परिचित शुदुरपश्चिम प्रदेशकै सुप्रशिद्व धार्मीक तथा पर्यटकीय स्थल परशुरामधामको बृहतर विकास संगै,गरिबी, बेरोजगारी, कोविड–१९ कोरोनाको पिडाले निम्तीएको रोग र भोग सहितको पिडा बुझेर सोही अनुरुप आर्थिक बर्ष २०७८ मा बिशेस योजनामा सोची भेटेरै मागपत्र बुझाएको चन्दले बताए ।
मागपत्र बुझ्दै मन्त्री बोहराले विगतको भन्दा बिकासले फड्को मारेको र कोविड–१९कोरोना भाईरस बिश्वब्यापी महामारी र समस्या रहेको स्वास्थ्य सुरक्षाका लागि संसदमा आवाज उठाउने प्रतिबद्वता गर्नु भएको छ । पत्र बुझ्दै मन्त्री बोहराले बिधुत , विस्तार, टेलीफोनसेवा, सडक स्तरोनती सिचाई योजना र सतरोन्नतीमा बिशेस प्राथमिकता दिईने बताए ।

जनताको मतको कदर गर्ने बोहराले प्रतिबद्वता समेत गरेको अध्यक्ष चन्दले गाउँघरन्युजलाई जानकारी दिए । उक्त टोलीका परशुराम ५का सामाजिक युवा रामदत्त भट्टराई समेत रहेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।