दिपकराज भट्ट/ डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिका १ खतेडा गाउमा बस्ने नारसिंहको सात सदस्यीय परिवार छ । उनको परिवारमा पैतिस बर्सिय श्रीमती , तीन छोरा ९ २७ बर्ष का सौतनि आमाका छोरा ० र दुई छोरि छन् ।
भिडियो हेर्न यता थिच्नुहोस् https://www.youtube.com/watch?v=h_eH7OBxTiI&feature
आर्थिक अवस्था कमजोर भएका भण्डारी परिवार लाई अहिले राहात जुटदै छ । उनको परिवार चलाउने स्वयम् आफै हुन । जेठ छोरा सुस्त मनस्थितिका छन् अनि श्रीमती पनि उस्तै , अरु सबै साना साना छन् ।
घनघस्याको चिसो लेकमा नाङ्गा देखिएका गोठाला परिवार लाई राहात जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर रहेका भण्डारीको परिवार लाई सहयोग जुट्न थालेको हो । अजयमेरु गाउपालिका– खतेडाका भण्डारीको परिवार सात जनाको छ उनको परिवार लाई लत्ताकपडा एवं खाद्यान्न सहयोग जुटेको छ । आजका दिन सम्म उनिहरुलाई युवा, क्लव स्थानीय तहले खाधान्न, कपडा, रासन , कापि कलम आदि सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर हुदा उनका छोराछोरी पुराना फाटेका शरिरनै नढाकिने गरी लगाएका लुगा लगाई रहेका थिए । अध्ययनका लागी कापि कलम समेत थिएन । आधा मात्रै लुगा लगाएका उनका छोरा छोरीको समाचार आमसञ्चारका माध्यममा प्रकाशित भए पछि अहिले उनको परिवार लाई राहात जुट्न थालेको हो ।
के भन्छन त यस बिषयमा भिम उपाध्य ( नेपाल सरकारका पुर्व सचिव) –
यो अवस्थामा उनिहरुलाई अहिले विभिन्न व्यक्ति , संघ संस्था बाट आर्थिक सहयोग आईरहेको छ । उनिहरुको जीवन उज्ज्वल बनाउनुका लागि बालबालिकालाई राम्रो शिक्षा , स्वास्थ र सिपमुलक तालिम दिनु जरुरि देखिन्छ ।उनिहरुलाई बस्नुका लागि घरको मर्मत गर्नु पनि जरुरि छ । यो अभियान निरन्तर रहने बताउछन् ।
के भन्छन त आरति सपोट्रर अभियनता निरज भट्ट –
हामिले यो अभियान क्षणिक समयका लागि मात्र गरेको छैनु । हामिले उनिहरुको भविष्यलाई कसरी स्वरोजगारि मुलक बनाउने सोचिरहेका छौ । अहिले उनिहरुलाई देश तथा बिदेशमा रहनु भएका दाजुभाई बाट सहयोग आईरहेको छ । सहयोग उनिहरुको शिक्षा स्वास्थ का लागि र उनिहरुको उज्वल्ल जिवनका लागि लगाईने छ ।
के भने त नारसिंह भण्डारीले –
यसरी राहात पाउँदा म खुसि भएको छु । मेरो यो समस्या देखेर सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहान्छु । मेरो एउटा अपेक्षा छ सहयोगि मनहरु बाट कि मेरो भत्किरहेको घर बनोस ।
अरतिको कथा अनि सपना-
घनघस्याको लेकजस्तै चिसो सपना आरतिले बोकेकि छैन्न आरतिले भनिन ूमुएई पठेईहुू आरती भण्डारी के चाहान्छिन पृष्ट छ ।आरतीले भनिन्, “फाटेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो । मसँग अन्य लुगा छैन । त्यसैले नाङ्गै हिँडेकी हुँ । अहिले नयाँ लुगा पाउँदा म निकै खुसि छु ।