सूचना प्रबिधिको बिकासले धेरैलाई एकअर्कासँग नजिक्याएको छ । सम्पूर्ण विश्वलाई एउटा घर जस्तो बनाइदिएको छ । अझ पछिल्लो समयमा फेसबुक, ट्वीटर, टिकटक, इन्साट्राग्राम, ह्वाटसएपलगायतका सामाजिक सञ्जालको तिब्रतम बिकासले त सम्बन्धहरुको घेरालाई साँघुयाइदिएको छ ।
आपसी माया, प्रेम, भातृत्वको भावना बढाएको छ । अपनत्व र भावनात्मक सम्बन्धहरुलाई अझै कसिलो÷दरिलो पारेको छ । सञ्जालहरुको सही सदुपयोग गर्दा माथि उल्लेख गरिएझै अनेक फाइदा पुगेपनि सँगै यसको दुरुपयोगका घटनाले भने समाजलाई झस्काउन थालेको छ ।
यस्ता सञ्जालहरुको सही प्रयोगले ज्ञान, शिक्षा, मनोरञ्जनलगायत प्रत्यक्षअप्रत्यक्ष धेरै फाइदा पुगेपनि दुरुपयोगले भने मानिसको जीवननै बर्बाद हुने अवस्था आउनसक्छ । प्रबिधिको माध्यमले अनाधिकृत रुपमा अर्काको गोप्य सूचना हासिल गर्ने र त्यसलाई ‘वार्गेनिङ’ को माध्यम बनाउने घटना महेन्द्रनगरमै भएका छन् ।
सञ्जालको प्रयोग गरेर सर्बसाधारण ठगिएका घटना त आम हुन थालिसके । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुईजना व्यक्ति यस्तै ठगीको शिकार भएका छन् । प्रहरी प्रशासनले ठगको नजिक पुगेको दाबी गरेको छ । केही दिनमै यसको सत्यता, वास्तविकता सार्बजनिक होला नै तर ख्याल गर्नुपर्ने बिषय अर्को पनि छ । त्यो हो– कतै तपाईँ हाम्रै असावधानीले त यस्ता घटना भैरहेका छैनन् रु
झट्ट अरु माथि विश्वास गरिदिदा ‘घरको न घाट’ को अवस्था आउन सक्छ । ‘अन्जान मानिसले चिठ्ठा परेको छ । अग्रिम रकम दाखिला गर्नुस’ भन्दैमा त्यसको सत्य–तथ्यमा ध्यानै नदिइ आँखा चिम्लेर प्रलोभनमा फस्दा त्यसबाट सृजित परिणामले बिचलित बनाइदिनसक्छ । दुःख र कष्टसाध्य संर्घषले कमाएको धन छिनमै अर्काको पोल्टामा जाँदा त्यसले निमत्याउने समस्याले सधै पोल्नसक्छ । त्यसैले अरुले भनेकै भरमा लहैलहैमा लाग्नुभन्दा त्यस्ता सूचनाहरुलाई परिवारकै अभिभावकहरुसँग परामर्श गरेर पाइला सार्दा त्यसले दुर्घटना रोक्न सक्छ ।
केही महिना अघि महेन्द्रनगरकै एकजना व्यवसायीलाई भारतीय महिलाले फेसबुकमा मित्रताका लागि अनुरोध पठाइन । ती व्यपारीले अनुरोध स्वीकार गरेपछि महिलाले दुबैजनाको नग्न भिडियो बनाएर ठगीको प्रयास गरेको घटना ‘भाइरल’ बनेको थियो । व्यपारीको त समाजमा बेइज्जत भयो नै तर ती महिलासँग प्रहरी पुग्नै सकेन । दिनहू बढिरहेका यस्ता घटना रोक्न प्रथमत तपाईँ हामी आफै सचेत हुन जरुरी छ । घटना भैसकेपछि त्यसको कानूनी प्रकृया त छदै छ तर सकेसम्म त्यस्तो घटनै नहोस भन्नेतर्फ सचेत हुन आवश्यक छ । सिमारेखा बाट




























