२०८३ आश्विन २२ बिहीबार
२०८३ आश्विन २२ बिहीबार

कञ्चनपुरमा एक लाख २२ हजार नगदसहित १५ जुवाडे पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा जुवा खेलीरहेकोे अवस्थामा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा १ लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाईएको सूचनाको आधारमा छापा मारिएको थियो ।
राति १ बजे मोहन सिंहको घरमा १ लाख २२ हजार २ सय १० रुपैया सहित १५ जुवाडेलाई पक्राउ गरिएको न्यौपानेले बताए ।
उनिहरुलाइ मुलुकी अपराध संहिता ऐन अन्तरगत कार्वाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।