२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

कार्यालय प्रमुख एक करोड २४ लाख घुससहित पक्राउ

महोत्तरी – नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ ।

शनिबार काठमाण्डौ आइरहेका गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

प्रक्रिया नपुर्याएर भुक्तानीका लागि चेक लिएर काठमाण्डौतिर लागेपछि आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।