२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढी ल्याउँदै गर्दा महिलाको मृत्यु

धनगढीः डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्।

तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनको कोरोना परीक्षण गरिने भएको छ। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतकको आज स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए।

ती महिला धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ। कोरोना महामारीपछि उनी डडेल्धुरा गएकी थिईन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।