२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला सम्मेलन बाट अध्यक्षमा विरेन्द्र जोशी चयनः ६३ सदस्यीय समिति गठन

कञ्चनपुर — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलन सम्पन्न भएको छ। सनिवार भएको युवा संगठन नेपालको सम्मेलन बाट अध्यक्षमा वीरेन्द्र जोशीलाई चयन भएका छन् । सम्मेलनले ६३ जनाको जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको हो ।

नेकपा पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रम का प्रमुख अतिथि का रूपमा रहेका नेता ओम प्रकाश पुनले युवा संगठनको सम्मेलन समारोहलाई सम्बोधन गर्दै देशको दलाल पूँजीवादी संसदीय व्यवस्था अन्त्य गरी जनमत संग्रह मार्फत वैज्ञानिक समाजवादी राज्य व्यवस्था अहिलेको आवश्यकता रहेको बताएका छन् ।

देशका आम जनताको वर्गीय मुक्तिको लागि युवाहरू ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै वैज्ञानिक समाजवाद स्थापनाका आम जनतालाई जनजागृत गर्न लाग्नु पर्ने उहाँको भनाई थियो । समाजका विकृति विसंगती विरुद्ध मा सशक्त रूपले संघर्स गर्दै सबै युवाहरुलाई एकीकृत जनक्रान्ति को कार्यदिशामा गोलवन्द गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नको लागी समाजवादी जनमत तयार गर्नु युवा संगठन नेपाल कञ्चनपुरले महत्वपूर्ण कार्यभार पूरा गर्न सुझाव दिनु भएको छ ।

त्यसै गरी पार्टीका केन्द्रीय सदस्य अग्नि धामीले पनि सुभकामना सहितको प्रशिक्षण मन्तव्य राखेका थिए । युवा संगठन नेपाल सेती माहाकाली ब्युरो संयोजक स्याम भट्टले प्यानल प्रस्तुत गरेका थिए भने युवाका कार्यलय सचिव मनमोहन जोशीले बधाई मन्तव्य राखेका थिए । त्यसै गरी उपाध्यक्ष दिपेन्द्र सिंह ऐरी, सचिव नरेश बिष्ट , सह सचिव हिक्मत चौधरी, कोषाध्यक्ष कल्पना जोशी चयन भएका छन् । युवाका संयोजक वीरेन्द्र जोशीले अध्यक्षता गरेको उक्त कार्यक्रममा पार्टीका जिल्ला सचिब रमेश परियार, युवा संगठनका केन्द्रिय सदस्य भुवन कुंवर, जिल्लाका आर्थिक विभाग प्रमुख राम भट्ट, विशेष कमिटी सदस्य ललित ओड , अखिल नेपाल शिक्षक संगठन अध्यक्ष ओम प्रकाश जोशी लगायत जनवर्गीय संगठनका प्रमुख नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।