२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

भुमि अधिकार मञ्च द्वारा भुमि अधिकारका लागि छलफल तथा र्याली कार्यक्रम सम्पन्न

गौरव बिष्ट (झलारी,कंचनपुर)— राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल र आत्मनिर्भर केन्द्र द्वारा सन्दर्भ बिश्व अहिंसात्मक दिवस को अवसरमा भुमि अधिकारका लागि छलफल तथा र्याली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कृष्णपुर नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाको कार्यालय परिसर मा बृहत छलफल गरिएको थियो भने छलफल पश्चात गुलरिया बजार परिसरमा शान्तिपुर्ण र्यालीको समेत आयोजना गरिएको थियो । भूमिअधिकार मञ्च कंचनपुर का उपाध्यक्ष बिस्ना लुहार,कोषाध्यक्ष राजकुमारी थारु,सदस्य मा क्रमशः– अनु चौधरी,दल बहादुर बोहरा,टोल,वडा,गाउपालिका,नगरपालिका,जिल्ला स्तरका अगुवा पदाधिकारी,सदस्य सहित भूमिअधिकारकर्मिको सहभागितामा विश्व अहिंसात्मक दिवस मनाउदै आएको छ । भूमिअधिकार मञ्च कन्चनपुर का अध्यक्ष कर्ण बहादुर बानिया को सभाध्यक्षता मा कार्यक्रम सम्पन्न गरिएको थियो ।

भूमिअधिकार मञ्च नेपाल २०६१ साल मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ मा दर्ता भई २०६३ साल देखि सुदुरपश्चिम प्रदेश को कञ्चनपुर जिल्ला बाट समेत औपचारिक रुपमा भुमि अधिकार मञ्च नेपालको मातहतमा रही भुमि समस्या,भूमिहीन,सुकुम्बासी समस्या,अव्यवस्थित बसोबास,आरक्ष पिडित,बाढि पिडित, मुक्त कमैया,हलिया लगायत पिडित पक्ष को ओकालत गर्दै आएको छ । २०६३ साल देखि अहिले सम्म शान्तिपुर्ण तवरले कार्यक्रमको आयोजना गर्ने र अहिंसाको बाटो मार्फत नै आफ्नो हक अधिकार को लागि आवाज उठाउने कार्यक्रममा सहभागी भूमिअधिकार मञ्च नेपाल सुदुरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले बताए । मानिस मा उत्पन्न हुने जीतको चाहनाले विभिन्न खालका युद्ध र द्वन्द्व लाई बढाइहेको छ । द्वन्द्वलाई नकरात्मक रुपमा मात्र नलिइए पनि ठूला द्वन्द्वले धेरै जनधनको क्षतिहुने गर्दछ । मानव समुदाय र देशलाई पनि कमजोर बनाउँछ । अहिंसात्मक मार्गले मानिसहरू लाई मानव हुनुको अस्थित्व बोध गराउन पनि मद्दत गर्दछ । अहिंसावादीहरूले मानव अस्थित्वको संरक्षण गर १ भन्ने सन्देश दिन विख्यात अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर, सन् २००७ देखि हरेक वर्ष अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवस मनाउन बाकी पृष्ठ २ मा सुरु गरिएको छ भनाई सहित प्रदेश सचिब राम बहादुर ले जनाउदै आयोजित कार्यक्रमको छलफल सहजीकरण गरेका थिए । राष्ट्रिय भूमिअधिकार मंच नेपाल र आत्मनिर्भर केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय भूमिअधिकार मंच कंचनपुर का सस्थापक अध्यक्ष पार्वती डगौरा ले स्थानीय तहले पिडितहरु को लागि आवाज लाई कहिले पनि नसुनेको र नसुने जस्तो गरेको दाबि गरेकी छिन । बाढि पहिरो र जंगली जनावरको सिकार हुदा सम्म स्थानीय तहको सरकारले भूमिअधिकार मंच को आवाज नसुनेको आरोप लगाए । एक मानब जातिले आर्को मानब जाति लाई गरिने ब्यावहार र सहकार्य बाट मात्रै मानब जातिको बिकास र उन्नति हुने दाबि गरिन ।

त्यस्तै कार्यक्रममा बोल्दै दयाअमरपुर भूमिअधिकार मंच का सचिब जगदीश दमाई,भेटघाट गाउ भूमिअधिकार मंच का अध्यक्ष बल बहादुर डागी कृष्णपुर् नगरपालिका स्तरीय भूमिअधिकार मंच अध्यक्ष काली चौधरी र रास्ट्रिय भूमिअधिकार मंच कन्चनपुरकी उपाध्यक्ष बिस्ना लुहारले स्थानीय सरकार देखि केन्द्र सरकार सम्म का सबै नेता कार्यक्रताहरुले हामि जस्ता भूमिहीन तथा सुकुम्बाही पिडित जनताको घर दैलोमा पुग्दै अनेकौ आस्वाशन र प्रलोभन मात्रै देखाउने,भोट को लागि बिन्ति बिसाउने थलो मात्रै बनाएको भन्दै आक्रोस पोखे । एक सरकारले गरेको काम आर्को सरकार लाई मन पर्दैन आर्को सरकारले गरेको काम पछिल्लो सरकार लाई मन पर्दैन,सरकार मात्रै परिवर्तन हुन्छन तर हामि गरिब बिपन्न जनताको जीवन स्तर र प्रगति कहिलै हुन् नसकेको दुखेसो पोखे ।

त्यस्तै कार्यक्रम का सभापति एवं भूमिअधिकार मंच कन्चनपुरका अध्यक्ष कर्ण बहादुर बानिया ले २०६१ साल बाट भूमिअधिकार को पक्ष मा ओकालत गर्दै आएको संगठन ले कहिलै पनि हिंसात्मक,समाजलाई अपाच्य हुने प्रकारका तरिकाले बिरोध,र्याली,बैठक,समाहरोह नगरेको र नगर्ने बताए । हाम्रो माग भनेको रास्ट्रिय भुमिआयोग ले तत्काल केन्दीय,प्रदेश र जिल्ला आयोग समिति पूर्णता,गठन गरि तत्काल कार्य सम्पादन गरोस,बास्तबिक पिडित लाई जमिन र लालपुर्जा दिलाओस,मानब भएर पनि जुन जंगलमै बास,सडक मै बास,पशु पन्छी संगै को बास छ, हामीहरुको यो समस्या लाई यथाशिघ्र समाधान गरोस भन्ने हो । जति पनि सरकार परिवर्तन भए अनि जति पनि नया सरकार गठन भए सम्पूर्ण सरकार लाई लिखित रुपमै सम्पुर्ण जिल्लाका प्रमुख मार्फत ध्यानाकर्षण र हाम्रो अधिकारको लागि आवाज उठाउदै आएको जनाए ।

पछिल्लो समय पनि नेपाली काँग्रेस को सरकार गठन हुदा समेत कंचनपुर जिल्ला प्रमुख मार्फत सरकार गठन भएकै दोस्रो दिन पत्राचार गरिसकेको समेत जानकारी दिए । साथै केन्दीय सरकार संग छलफल गरि भुमि सम्बन्धि समस्या समाधान आयोगले गरेको कार्यसम्पादन सोहि ठाउ बाट निरन्तरता दिने समेत प्रतिबद्दता जनाएको छ। शनिबार कृष्णपुर नगरपालिका मा सम्पन्न कार्यक्रमको संचालन भूमिअधिकार मंच सुदुरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।