डडेल्धुरा— सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सहित देशभरका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सुदूरपश्चिम प्रदेशमा डोटी र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी फेरिएको हो । डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शङ्कर विष्टले प्राप्त गरेका छन् भने डडेल्धुरामा मोहनराज जोशीलाई जिम्मेवारी दिएको छ । जोशी यस अघि पनि डडेलधुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।



यसै गरी कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर वैद्य लमजुङ, शङ्कर बहादुर विष्ट डोटी, रवीन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेलधुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेह्रथुम जिल्लाको प्रजिअमा पठाएको छ ।
Views: 251

























