२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमरगढी नगर ईकाइ समिती डडेल्धुराद्वारा प्रदिवेदन लेखन प्रशिक्षण

(दिपक राज भट्ट)डडेल्धुरा — प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमरगढी नगर ईकाइ समिती डडेल्धुराद्वारा आयोजित एक दिवसीय प्रदिवेदन लेखन प्रशिक्षण आज सम्पन्न भएको छ।
सामाजिक र शैक्षिक क्षेत्रमा अग्रस्थानमा हरेको विद्यार्थी परिषदले, युवाहरूले कुनै पनि घटना ,सभासमारोह, भ्रमण योजना मेलापर्व पर्यटकिय क्षेत्र जस्ता विभिन्न कार्यहरू संग सम्बन्धि गहिरो अध्ययन गरि विश्लेषण र निष्र्कष सहित त्यसको तथ्यलाई खोज मुलक ढंगले संकलन गरि बस्तुगत विश्लेषण गर्न सकुन् भन्ने उद्देश्यले उक्त प्रशिक्षणको आयोजना गरिएको विद्यार्थी परिषदका सुदुरपश्चिम सह—सचिव एवं डडेल्धुरा जिल्ला संयोजक सन्दीप महराले बताउनु भयो।
माउन्टेन बहुमुखी क्याम्पस बागबजार डडेल्धुरा शनिबार आयोजित कार्यक्रममा अमरगढी नगरपालिका क्षेत्र भित्रका ६ वटा विद्यालयका २६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको नगर सचीव कल्पना जैशिले बताउनु भयो।
असल,चरीत्रवान,नैतिकवान,ईमानदार,अनिशासित एवं राष्ट्र प्रथमको भावका साथ काम गर्ने व्यक्ति निर्माण गर्ने उद्देश्यले दलगत र सत्तामुखी राजनीति भन्दा माथी रहि शिक्षक,विद्यार्थी र शिक्षाविद्द प्राज्ञिक समुहलाई एक ठाउँमा संगठित गर्दै शैक्षिक परिवारको परिकल्पनामा विगत २५ वर्ष देखि विभिन्न आरोहअबरोहहरु पार गर्दै शैक्षिक र सामाजिक क्षेत्रमा आफ्ना रचनात्मक गतिविधि संचालन गर्दै आएको र आगामी दिनहरूमा अझ ससक्त रुपमा गर्दै जाने जिल्ला संयोजक महराले बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।