डडेल्धुरा — सामाजिक संञ्जालमा निकै सर्किय रहेका भीम उपाध्यायले सामाजिक संञ्जालमा लेखेका छन्ः श्राद्ध भनेको मृतकको हितका खातिर हो, मृतकको हित भएन भने बॉचेको पनि हित हुन सक्दैन। किनभने हामी पहिलो एक कोषीय जीव अमिबा देखि अहिले पाएको मानव जन्मसम्म अटूट कनेक्टेड निरन्तरता हो। हामीमा सबै गुण र चरित्र ईम्बेडेड भएको हुन्छ । कुनै सक्रिय र कुनै सुशुप्त। हाम्रा पूर्खाहरू र सन्ततिहरू त झन् आपसमा निरन्तर र आपसमा कनेक्टेड नहुने कुरै भएन, कसैले माने पनि नमाने पनि यही सन्तति बिज्ञान हो।
उपाध्यायले सामाजिक संञ्जाल मार्फत दिनदुखि, गरिव विपन्न परिवारलाई सहयोग जुटाउदै आएक छन् । उनी नेपाल सरकारका पुर्व सचिव हुन ।



Views: 140

























