२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

एमाले विधान महाधिवेशन पानीको बोतलमा समेत ओलीको फोटो

काठमाण्डौं— गोदावरीको सनराइज सम्मेलन केन्द्रमा नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । आजबाट सुरु भएको महाधिवेशनमा उपस्थितहरुका लागि विभिन्न परिकारका खानाको व्यवस्था छ । मटन खाना खानेलाई मटन खाना, चिकेन खाना खाना खानेलाई चिकेन खाना र अन्य थुप्रै परिकारहरुको व्यवस्था गरिएको छ ।

खाना खाने वा महाधिवेशनमा उपस्थित भएकाहरुलाई प्यास मेट्नका लागि बोतलमा छुट्टै पानीको व्यवस्था गरिएको छ । तर, बोतल सामान्य छैन ।
बोतलको बाहिरी आवरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हात हल्लाइरहेको देखिन्छ । फोटोसँगै लेखिएको छ–नेकपा एमाले प्रथम विधान महाधिवेशन ।
बोतलमा अध्यक्ष ओली अंकित रहेको मिनेरल वाटार गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको हो । बोतलको पानी १ लिटरको रहेको छ ।
कार्यक्रमको सुरुमा एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले ओलीअंकित बोतलको पानी झोलामा राख्न निर्देशन दिएका थिए । तर, उक्त बोतलमा अध्यक्ष ओलीको लोगो टाँसिएको फोटो सामाजिक सञ्जालमा आएपछि भाइरल भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।