२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीमा युवाहरुको समुह बिच झडप हुँदा पाँच जना घाइते

धनगढी- कैलालीमा दुई समुह बिच झडप हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९  र वडा नम्बर ६ का युवाहरु बिच झडप भएको हो।

टीकापुर प्रहरीका अनुसार उनीहरुको खक्रौला स्थित बालुवाटारमा झडप भएको थियो। दुई समुहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ।

घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफुहरु १० जनाको समुहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।