२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

बैतडीमा भाइरल ज्वरोका एक बिरामीको मृत्यु

बैतडी— बैतडीमा भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ५ वनकाँडाका ३६ बर्षीय परमानन्द भट्टको बुधबार डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
गएको तीन हप्तादेखि ज्वरो आएका उनलाई मंगलबार मात्रै उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । अस्पतालमा चेकजाँच समान्य अवस्था रहेकाले औषधि दिएर मंगलबार नै घर पठाइएको थियो । मंगलबार राती नै भट्टको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
कोरोनासंग मिल्दाजुल्दा केही लक्षण भएकाले उनको जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण गरिएकोमा रिपोट नेगेटिभ आएको थियो । तर पीसीआर परीक्षणको रिपोट भने आउन बाँकी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।