२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

ट्रम्पले टिकटकलाई पूरै दुनियाँबाटै टिकटक हटाउन चाहेको टिकटकको कम्पनी बाइटको दाबी

टिकटकको कम्पनी बाइट डान्सका प्रमुख कार्यकारी अधिकृतले बताए अनुसार राष्ट्रपति ट्रम्प टिकटकलाई केबल अमेरिका मात्र नभएर पूरै दुनियाँबाटै हटाउन चाहन्छन् ।

मंगलबार आफ्नो कम्पनीका कर्मचारीहरुका लागि लेखेको मेमोमा उनले यस्तो भनेका हुन् । जाङ यिमिङले भनेका छन् कि टिकटकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउने सहित अमेरिकी सरकारको अरु पनि थप उद्देश्य छ ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक निषेध गर्ने भनेपछि माइक्रोसफ्टले टिकटकलाई , कम्पनी बाइटडान्सबाट खरिद गर्ने सम्बन्धी छलफल गरिरहेको बताएको थियो ।

ट्रम्पले दुवै कम्पनीलाई सेप्टेम्बर १५ सम्मको समय अवधि प्रदान गर्दै सम्झौता गर्न भनेका छन् अन्यथा टिकटकमाथि प्रतिबन्ध लगाइने उनले चेतावनी दिएका हुन् ।

अमेरिकी सरकारले टिकटक मार्फत चिनियाँ सरकारले अमेरिकी नागरिकहरुको व्यक्तिगत डाटा संकलन गरिरहेको हुन सक्ने हुँदा राष्ट्रिय सुरक्षाका निम्ति जोखिमयुक्त हुने चिन्ता व्यक्त गर्दै आएको छ ।

चिनियाँ कानुन अन्र्तगत सरकारको अनुरोधमा देशभरका कुनैपनि कम्पनीले सम्पूर्ण डाटा र जानकारीहरु सरकार समक्ष पेश गर्नुपर्ने हुन्छ ।

यस्तोमा जाङले माइक्रोसफ्टसँग कुराकानी भइरहेको विषयलाई प्रत्यक्ष सम्बोधन नगरेपनि आफ्ना कर्मचारीहरुलाई चौथर्फी आलोचनाका वावजुद समर्पित भएर काम गरेकाप्रति धन्यवाद प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, “वर्तमान अमेरिकी सरकारका केही कदमले धेरै मानिसहरुलाई आक्रान्त बनाइरहेको हुँदा यसको नतिजा स्वरुप म आफैँ व्यक्तिगत रुपमा आलोचित हुनु परिरहेको छ ।

तर धेरै मानिसहरुले अहिलेको जटिल अवस्थालाई गलत बुझिरहेका छन् ।”उनले यो समस्या वास्तवमा पश्चिम तर्फको बढ्दो चीन विरुद्धको भावसँग सम्बन्धित रहेको बताउँदै सम्पूर्ण कर्मचारीहरुले प्राविधिक बजारमा आफूबारेका गलत धारणालाई स्वीकार गर्नैपर्ने बाध्यता रहेको थाहा पाइराख्न पनि भनेका हुन् ।

यसमा छोटो समयको निराशाजनक अवस्थालाई लिएर दिर्गकालीन सफलता नगुमाउनका लागि सबै समक्ष धैर्यता कायम राख्न पनि उनले सुझाव दिएका हुन् ।
उनले थप लेखेका छन्, “अहिलेको वातावरणमा अमेरिका लगायत मुलुकमा केही राजनीतिज्ञहरुले जबरजस्ती चीनमाथि हमलाको प्रयाश गरिरहेका छन् , विशेषगरी चिनियाँ कम्पनीहरुलाई निशाना बनाइरहेका छन् ।

यसले जटिल स्थितिमा सोचविचारपूर्ण वार्तालाई कठिन बनाइदिएको छ । ” त्यसका साथै उनले सबै कर्मचारीलाई आफ्ना ग्राहकको सुरक्षामाथि विशेष ध्यान दिन, पारदर्शिता अपनाउन अनि एपमा सुधार ल्याउने कुरामा बढी जोड दिन अनुरोध गरेका हुन् ।

चिनियाँ संस्थापकले निर्माण गरेको ग्लोबल कम्पनीलाई प्रयोगकर्ताहरु माझ राम्ररी बुझाउन र विश्वसनीयता कायम राख्न यसो गर्नैपर्ने उनले बताए । – सिएनएन

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।