२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

सुदूरपश्चिममा १८ जनामा सङ्क्रमण

बैतडी— सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १३ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा तीन र दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।