२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

डोटि,डडेल्धुरामा कोरोना खोपमा सबैको पँहुच वढाउन स्वंमसेविका परिचालन

धन बहादुर भण्डारि (डडेल्धुरा) — कोराना विरुरद्धको खोपमा सबैको समान पँहुच पुगाउन महिला स्वंम सेविका परिचालन गरिएको छ । लक्षित समुदायका मानिसलाई खोपकेन्द्र सम्म पुगाउनका लागि महिला स्वंम सेविका खटाने भएको छ ।
डडेल्धुराका सात वटै स्थानिय तह र डोटी जिल्लाका सबै वडाहरुमा महिला स्वंमसेविका परिचालन गरि कोरोना विरुद्धको खोप लगाउनका लागि अभियान थालिएको छ ।
ईको पार्ट अफ कोर्डेडको आर्थिक सहयोगमा विगत दुई दशक देखि सुदुरपश्चिमका विभिन्न जिल्लामा समाजिक क्षेत्रमा काम गरि रहेको बहुुउद्येश्यिय विकास समाज डडेल्धुराले महिला स्वंमसेविका परिचालन गर्न सहयोग गरेको जनाएको छ । शारिरिक रुपमा अशक्त , अपागंता भएका मानिस, जेष्ठ नागरिक, साथै खोपकेन्द्र सम्म आउन नसक्ने अवस्था भएका मानिसलाई खोप सम्म पँहुच पुगाउन गाउगाउमा स्वंमसेविका परिचालन गरेको सस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले वताउनु भयो ।
जिल्लाका सवै वडावाट खोप नलगाएका जेष्ठ नागरिक, अपागंता भएका मानिस ,अशक्त का साथै जेष्ठ नागरिकहरुलाई यातायात र आर्थिक सहयोग गरि खोप सम्म पँहुच पुगाउनका लागि कोभिड १९ आपतकानि सहयोग कार्यक्रम मार्फत उनिहरुलाई खोपकेन्द्र सम्म ल्याउने व्यवस्था गरिएको संस्थाले जनाएको छ । जिल्लाका हरेक वडाहरुमा एकजना महिा स्वंमसेविका परिचालन गरिने कार्यकारी निर्देशक महरले वताउनु भयो । सुरुमा महिला स्ंवयसेविका मार्फत त्यस्ता व्यक्तिको डाटा संकलन गर्ने र कोरोना विरुद्धको खोप चलेको समयमा उनिहरुलाई सम्पर्क गरि केन्द्र सम्म ल्याउने लैजाने व्यवस्था भएको कोभिड १९ आपतकालिन सहयोग कार्यक्रमका कार्यक्रम संयोजक शिवराज पाठकले जानकारी दिनु भयो ।
विभिन्न आर्थिक , शारिरिक तथा अन्य कारणले कोरोनाको खोप लगाउन नपाएका मानिसलाई खोप केन्द्र सम्म पुगाउन सहयोग गरी कोरोना माहामारी रोकथाममा बहुउद्देश्यीय विकास समाज ले ठुलो भुमिका खेलेको अमरगढी नगरपालिका का स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले वताए । शुक्रवार देखि अमरगढी का ११ वटा वडामा स्वास्थ्य स्वंमसेविका परिचालन गरिएका छन् भने अन्य स्थानिय तहमा पनि चाडै उनिहरुलाई खटाई लक्षित समुदायका मानिसको डाटा निकालली खोपमा पँहुच वढाउने जनाईएको छ ।
उक्त संस्थाले डडेल्धुरा र डोटी जिल्लाका मुख्य अस्पताल र अन्य स्वास्थ्य संस्थामा समेत विभिन्न कुरामा सहयोग गरि रहेको छ । भने त्यसै गरि खोप ढुवानी, अशक्त अपागंंता भएका मानिस तथा जेष्ठ नागरिकहरुलाई खोपकेन्द्र सम्म ल्याउने लैजानु का साथै स्वाथ्यकर्मी तथा महिला स्वंम सेविकाहरु परिचालन गरि कोरोना सम्वन्धि जनचेतना समेत जगाउने कार्य भईरहेको छ ।
दुवै जिल्लाका ठुला अस्पताललाई कोभिड १९ को माहामारी न्युनिकरण तथा उपचार गर्न र पिडित वनेका सर्वसधारण तथा विरामीलाई राहात उपलब्ध हुने गरि डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप , सुकभर लगाएतका अतिआवश्यक स्वास्थ्य सुरक्षा समाग्री उपलव्ध गराएको सस्थाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।