२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

डडेल्धुराको बजारको यो थात्रो सडक

डडेल्धुरा जिल्ला सुदुरपश्चिमका सात पहाडि जिल्लाको केन्द्रमा रहेको जिल्ला हो । डडेल्धुराको भिमदत्त राजमार्ग भएर डोटि,डडेल्धुरा,बझाङ,बैतडी,बाजुरा,अछाम गाडिहरु गुडने गर्दछन् ,भने बागबजारको सडकखण्ड भएर बैतडी,बझाङ,र्दाचुला गाडिहरु गुडने गर्दछन ।
डडेल्धुरालाई स्मार्ट सिटि बनाउने योजना भने अमरगढी नगरपालिकाले लिएको थियो । स्मार्ट सिटिका लागि आधारभुत कुराहरु समेत हुनु सकेका छैनन् । स्मार्ट सिटि निर्माणका लागि प्रारम्भीक अध्ययन गरेर चरणबद्ध रुपले काम हुने आशा भने आम नागरिकमा रहेको छ ।
डडेल्धुरा बागबजार देखि किर्तिपुर सम्मको सडकखण्ड देख्दा गल्ली जस्तो देखिन्छ कारण व्यवस्थित नहुन नै हो । कहि खाल्डाखुल्डी त कहि खोका छाप्राले सडक अव्यवस्थित पारेको छ । निमार्ण सामग्रि हप्तौ सम्म सडक छेउमै हुनाले पनि दिनहस जसो ट्राफिक जाम हुने गर्दछ । सडक छेउमा छाडा गाईवस्तुले पनि उतिकै जोखिम बढाएका छन् ।
मुख्य बजारको रुपमा रहेको बागबजारमा त दिनहु जाम नै जाम रहन्छ कहिले एम्बुलेन्स पनि दशौं मिनेट जाम झेल्न बाध्य हुन्छन् । साघुरो सडकमा पसल अगाडि पार्किङ गर्नु, निर्माण सामग्री राख्नाले जाम संगै दुर्घटनाको जोखिम पनि बढेको छ । व्यवसायिहरुले गाडिहरु मनपरि ढङगले रोक्ने सामान लोड अनलोड गर्नाले जाम बढने आम स्थानिय को बुझाई छ ।
मुख्य सडक (बागबजार —किर्तिपुर) चौडा गर्नुका लागि २ पटक टेन्डर आएपनि दुई पटक नै रद्ध भएको छ । यसरि पुर्वाधर विकासमा बाधा हुदा आम नागरिले सास्ति खेप्नु परेको छ ।
चुनावि नाराको रुपमा रहेको यो सडकले भने आफ्नो मुहार फेर्न पाएको छैन् । सडकभरि खाल्डाखुल्डी, छाडा गाईवस्तु ले जिल्ला सदरमुकाम नै कुरुप बनेको छ ।
सुन्दर डडेल्धुरा बनाउनुका लागि यहाका स्थानिय जनप्रतिनिधि र आम नेता कार्यकर्ताहरुले सडकको स्तरोउन्नती म जोड दिन जरुरि देखिन्छ । जसले गर्दा सेवा प्रवाहमा पनि सहज हुने र सौन्र्दयता पनि बढने छ । सधै चुनावि नारामा मात्र सिमित नरहेर कामको पनि थालनी होस यहि छ सम्मुर्ण जिल्ला नागरिकको अपेक्षा । छाडा गाईवस्तुहरु नियन्त्रणमा सम्बनिधत निकायले ध्यान दिनु जरुरि देखिन्छ ।
दिपकराज भट्ट

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।