डडेल्धुरा — स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागी प्रारम्भिक अध्ययन टोली पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रारम्भिक अध्ययनकालागी बिहिबार सरोकारवाला संग सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ । डा. चेतराज पन्तको नेतृत्वमा स्वाथ्य मन्त्रालयको अध्ययन टोलीले बिहिबार सुझाव संकलन गरेको छ । संकलित सुझाव मन्त्रालयमा पेश गरीने डा. पन्तले बताएका छन ।
प्रतिष्ठान स्थापना हुन सके सुदूरपश्चिमका स्थानियले स्वास्थ्य उपचार संगै सुलभ रुपमा स्वाथ्यका बिषय अध्ययन गर्न पाउने छन । स्वास्थ्य बिषयलाई ग्लोवल मनिका रुपमा लिईएको भन्दै उनले यसका लागी सुझाव संकलन गरिएको बताए ।
कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दल लगायत सरोकारवालाहरुले प्रतिष्ठान स्थापनका लागी आवश्यक पहल गर्ने बताएका छन । प्रतिष्ठान स्थापनका लागी आवश्यक प्रक्रिया थालिनै जनाउदै कार्यक्रमका सहभागीहरु सरकारले तदारुकता देखाउनु पर्ने औल्याए ।
कार्यक्रममा डडेल्धुरा अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्टले जिल्ला अस्पताल बाट उप क्षेत्रिय हुदै संघिय सरकार मातहतको अस्पताल संग १७० रोपनी जमिन भएको बताएका थिए । प्रतिष्ठान स्थापनाका लागी एक हजार रोपनी जमिन आवश्यक पर्ने भएकाले सबैले पहल गर्नु पर्ने उनको भनाई थियो । अस्पतालमा गत वर्ष मात्रै २३ हजार विरामी ओपिडिमा भर्ना भएका थिए । भने सयौले मेजर मानर अप्रेशन, सिएस गरेकाले अस्पतालमा विरामीको चाप उल्लेख्य रहेको बताए छन ।




























