२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

भरतपुर, — इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दी खोलाबाट विहीवार मध्यरातमा एक कार त्रिशुली नदीमा खसेको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अन्र्तगत नाग्दी खोलाबाट राती करिव साढे बाह्र बजे खसेको सो कारमा यात्रा गर्ने ३ जना वेपत्ता छन् भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । राजमार्गवाट करीब सय मिटर तल त्रिशुलीमा नदीमा खसेको कार नदीमा हराइ रहेको छ ।
कारमा सवार मध्ये पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी घाइते हुनु भएको छ । उहाँको अहिले भरतपुर स्थित स्कूल अफ मेडिकल साइसेन्स ९पुरानो मेडिकल कलेज०मा उपचार भैरहेको छ ।
सो घटनामा परी बेपत्ता हुनेमा कार चालक ६० वर्षिय प्रेम भुजेल रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं १७ घर भएका भुजेलको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । यस्तै ६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल पनि नदीमा वेपत्ता छन् । उहाँहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
दूर्घटना के कारणले भयो भन्ने यकिन हुन सकेको छैन । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले वेपत्ता कार र ब्यक्तिको खोजी कार्य जारी राखेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।