२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

भागेश्वर गाउँपालिकाको सचिव पदमा भाटको उम्मेदवारि

डडेल्धुरा— डडेल्धुराको भागेश्वर गाउँपालिकाको सचिव पदमा भुवन भाटले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेस १४ औं महाधिवेशनमा भागेश्वर गाउँ कार्य समितिको सचिव पदमा भाटले उम्मेद्बारी घोषणा गरेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गृह गाउँपालिकाको पार्टी सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने नारालाई अनुसरण गर्दै आफुले भागेश्वर गाउँ कार्य समितिको सचिवमा उम्मेद्बारी घोषणा गरेको भाटले बताए कांग्रेसलाई सशक्त ढंगले अगाडि बढाउन र आइपर्ने चुनौतिहरुको सामना गर्न युवा वर्गको आवश्यकता रहेको छ । त्यसको लागि युवालाई अगाडि बढाउनु पर्ने उनले बताए ।

पार्टीलाई उर्जा दिन गुटउपगुट भन्दा पनि कार्यकर्ताका भावनालाई समेटेर सहमति, सहकार्य र एकताको आधारमा पार्टीलाई अघि बढाउनु पर्छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन र स्थानीय,जिल्लामा काङ्ग्रेस बलियो बनाउन युवाको ठूलो भुमिका रहने पनी भाटले बताए ।
भागेश्वर गाउँ कार्य समितीको प्रथम अधिवेशनमा भागेश्वर गाउ कार्य समितिको सचिव पदमा आफुलाई अत्यधिक मत दिएर बिजय गराईदिन आग्रह गरेका छन् ।

भाट पछिल्लो समयमा सामाजिक कार्यमा अग्रसर रहेका छन् । समाजमा रहेका सम्याहरु लाई केहि हद सम्म भएपनि आफुले सक्दो सहयोग र सामाजिक भावनाका साथ काम गर्ने भाट बताउछन्। साथै पार्टिमा युवा नेतितृवको जरुरि रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।