२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

बझाङ्गी भाषाको पहिलो लघुचलचित्र छायाङ्कन शुरु

सत्यराज सिंह(बझाङ) — बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबार बाट शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो । हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहनुभएको छ । त्यस्तै निर्देशकमा प्रविन रोकाया र छायाङ्कनमा नारायण जि।सी रहनुभएको छ ।
लघु चलचित्रमा कलाकारहरु निल गगन रोशन सिंह पिम्याल, सरोज खड्का, जीवन जंङ्ग थापा, सृजना स्नेही, शितल स्नेही, कृष्ण रेग्मी, जनक खड्का, महेश खड्का, निरज खड्का र नविन थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
लघु चलचित्रको कथामा बझाङको ऐतिहासिक, धार्मिक र पर्यकीय पक्षलाई ध्यान दिएर बझाङको प्रचारप्रसार गर्ने र चलचित्रको छायाङ्कन बझाङको धार्मीक तथा ऐतिहासिक क्षेत्रमा रहेर गरिने निर्देशक प्रविन रोकायाले बताउनुभयो ।
छायाङ्कन बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मा देवी मन्दिर, देवल विमानस्थल बारिल झर्ना, खप्तड लगाएत जिल्लाका विभिन्न ठाउँमा लघु चलचित्र छायाङ्कन हुने निर्देशक रोकायाको भनाई छ । लघु चलचित्रमा बझाङको स्थानिय कथा, संस्कृर्ती, भेषभुषा र सुगन्धमा विशेष जोड दिइने र उक्त लघु चलचित्रमा स्थानिय र देशको विभिन्न क्षेत्रबाट संगठित कलाकारहरुको प्रस्तुती रहने निर्माता महेश खड्काले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।