डडेल्धुरा— डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको सचिव पदमा मनोज देउवाको उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेस १४ औं महाधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा मनोज देउवाले उम्मेद्बारी घोषणा गरेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गृह गाउँपालिकाको पार्टी सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने नारालाई अनुसरण गर्दै आफुले गन्यापधुरा गाउँ कार्य समितिको सचिवमा उम्मेद्बारी घोषणा गरेको देउवाले बताए कांग्रेसलाई सशक्त ढंगले अगाडि बढाउन र आइपर्ने चुनौतिहरुको सामना गर्न युवा वर्गको आवश्यकता रहेको छ । त्यसको लागि युवालाई अगाडि बढाउनु पर्ने उनले बताए ।



पार्टीलाई उर्जा दिन गुटउपगुट भन्दा पनि कार्यकर्ताका भावनालाई समेटेर सहमति, सहकार्य र एकताको आधारमा पार्टीलाई अघि बढाउनु पर्छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन र स्थानीय,जिल्लामा काङ्ग्रेस बलियो बनाउन युवाको ठूलो भुमिका रहने पनी देउवाले बताए ।
गन्यापधुरा गाउँ कार्य समितीको प्रथम अधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा आफुलाई अत्यधिक मत दिएर बिजय गराईदिन आग्रह गरेका छन् ।
देउवा पछिल्लो समयमा सामाजिक कार्यमा अग्रसर रहेका छन् । समाजमा रहेका सम्सयाहरु लाई केहि हद सम्म भएपनि आफुले सक्दो सहयोग र सामाजिक भावनाका साथ काम गर्ने देउवा बताउछन्। साथै पार्टिमा युवा नेतितृवको जरुरि रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

























