२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

अर्बौको काठ लिलाम हुदा पनि काठ व्यवसायीले खरिद गर्न पाउदैन्न टेण्डर

पुष्कर भण्डारी
डडेल्धुरा — बर्षेनी अढाई लाख क्यु फिट काठ लिलाम हुने गरेको छ । सामुदायिक वनले काठ लिलाम गर्ने भए पनि काठ व्यवसायीहरुले भने सुचना नै पाउदैनन् । डिभिजन वन कार्यालयका कर्मचारी र केही ठेकेदारहरुको मिलेमतोमा सबै ठेकेदारहरुले काठ लिलाम सम्बन्धि सुचना नपाउने गरेका हुन ।

डडेल्धुरामा ४ सय ९६ सामुदायिक वन छन । भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका र आलितालमा साल, अस्ना र सादनको काठ लिलाम हुने गरेको छ । अन्य स्थानियतहहरु बाट सल्लाको काठ कटान गरी जिल्ला बाहिर निकासी हुने गरेको छ ।

गत वर्ष २०७७ मंसिर महिना देखि यस वर्ष २०७८ को बैशाख महिना सम्म १ लाख २४ हजार १ सय १२ क्यु फिट काठ लिलामीका लागी सुचना जारी गरिएका छन । ६७ वठा सामुदायिक वनले काठ कटानीको आदेश पाई व्यवसायिक प्रयोजनका लागी उक्त परिमाणमा काठ लिलामका लागी सुचना जारी भएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । कटानको आदेश पाई लिलाम हुने काठमा सल्ला १ लाख १३ हजार ७ सय ३१ क्यु फिट, साल ९ हजार ८ सय ९ क्यु फिट, सादन ३ सय क्यु फिट र अस्ना २ सय ७२ क्यु फिट छ ।

ठुलो परिमाणमा काठ लिलाम हुने भए पनि काठ व्यवसायीहरुले स्वच्छ प्रतिशपर्धा गर्न नपाएको काठ व्यवसायी शेरबहादुर चाडले बताए । वनका कर्मचारी र केही ठेकेदारहरुको मिलेमतोमा सुचना लुकाईने र टेण्डर नै खरिद गर्न नमिल्ने उनले बताए । देशभरी नै पुग्ने पत्रपत्रिकामा सुचना जारी गर्नु पर्ने भए पनि काठमाडौँका गल्लिमा प्रकाशित हुने पत्रिकाहरुमा सुचना जारी गरी वन कार्यालयलाई समेत टेण्डर फाराम थोरै मात्र उपलब्ध गराई कर्मचारी संगको सेटिङ्गमा काठ लिलाम हुने उनको आरोप छ । केही ठेकेदारले काठ कटानको आदेश पाउने बेला नै सामुदायिक वनका अध्यक्ष लगायत पदाधीकारी, वन कर्मचारी संग पैसाको साँठगाँठ गरी काठ लिलामी गर्ने गरेको उनले बताएका छन ।

एक महिना पहिले गत भदौ ४ गते काठ व्यवसायीले टेण्डर खरिद गर्न नपाएको भन्दै वन कार्यालयमा विवाद उत्पन्न भएको थियो । आलिताल गाउँपालिका–३ को श्री कैलाश समैजेश्वर सामुदायिक वनले वन पैदावार लिलाम वढावढको बोलपत्र आह्वान गरेको थियो । सामुदायि वनले वन कार्यालयलाई चार वटा मात्रै टेण्डर उपलब्ध गराउदा सबै व्यवसायीले खरिद गर्न नपाए पछि विवाद चर्किएको थियो । वन कर्मचारी, ठेकेदार र सामुदायिक वनका अध्यक्षको मिलेमतोमा वन कार्यालयलाई चार वटा मात्रै टेण्डर उपलब्ध गराईएको काठ व्यवसायीको गुनासो थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।