२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

चरेस प्याकिङ गर्ने कारखाना प्रहरी छापा, दुई जना पक्राउ

काठमाडौँ — हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहित दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

केही दिनअघि विमानस्थलबाट चरेससहित सात जना पक्राउ परेका थिए । उक्त घटनाको अनसन्धान गर्ने क्रममा ब्युरोले कपडाका चकटी, डायरी लगायत हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने गरेको फेला पारेको हो । कोठा भाडामा लिएर गिरोहले चरेस प्याकिङ गर्ने कारखाना सञ्चालन गर्दै आएको खुलेको छ ।

पछिल्लो समय कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गिरोहले चरेस, हेरोइन लगायका लागूऔषध ओसारपोसारका गतिविधि बढाउँदै आएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।