२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

कञ्चनपुरका अंशु : टिकटकबाट १५ महिनामा डेढ करोड

कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन्। अभिनय कलाले नभई टिकटकमा लाइभ गरेर उनी परिचित भएका हुन्।

सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे। ‘सुरुमा त टिकटक लाइभबारे जानकारी नै थिएन, अभिनय कला मात्रै प्रस्तुत गर्थे,’ एक अन्तर्वार्तामा बर्माले भनेका छन्, ‘तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको हुँ। लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी थिएन्। तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको छु।’

उनले १४ महिनामा टिकटक लाइभबाट मात्रै डेढ करोड कमाएको दाबी गरे। ‘टिकटककै आम्दानीबाट कञ्चनपुरमा घर किनेको छु,’ उनले अगाडि भनेका छन्, ‘गाडी पनि किनेको छु। अनि छिट्टै काठमाडौँमा घर किन्ने योजना छ।’ टिकटकबाट भइरहेको आम्दानी सामाजिक कार्यमा पनि लगाएको बर्माको अनुभव छ। उनले कञ्चनपुरका अनाथालय र वृद्धाश्रममा पटकपटक आर्थिक सहयोग गरेको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।