२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

चार महिना पछि खोटाङको हलेसी मन्दिर खुला

खोटाङ- कोभिड-१९ को दोस्रो लहरले चार महिना बन्द भएको खोटाङको हलेसी मन्दिर खुला भएको छ ।

जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।

यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो । कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

हलेसी महादेव मन्दिरमा भीडभाड हुन नदिन र दर्शनार्थीलाई दर्शन गर्ने उपयुक्त व्यवस्थापनमा हलेसी मन्दिर व्यवस्थापन समिति, हलेसी महादेवस्थान विकास समिति र नगरपालिकाले सहकार्य गर्ने छन् ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।