२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

एमालेको कर्मचारी सङ्गठनमा पनि फुट

काठमाडौँ — ३१ वर्ष पछि एमालेको कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन औपचारिक रूपमा विभाजित भएको छ । माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरी खाली ठाउँमा आफू निकट कर्मचारीहरूलाई मनोनीत गरेका छन् । यसबाट विधिवत् रूपमा नेपाल निजामती कर्मचारी सङ्गठन दुई वटा भएका छन् ।
केपी ओली निकट कर्मचारीहरूले केदार देवकोटालाई अध्यक्ष मानेका छन् । देवकोटा यसअघि पनि अध्यक्ष थिए । माधव नेपाल निकट कर्मचारीहरूले भने रेवन्त गौतमलाई अध्यक्ष पदमा घोषणा गरेका छन् । गौतम यसअघि महासचिव थिए ।

माधव नेपाल निकट कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायत १० जना कर्मचारीहरूलाई सङ्गठनबाट कारबाही गरेको घोषणा गरेका छन् ।
दुबै पक्षले आधिकारिक ट्रेड युनियनमा फरक फरक नाम पठाएका छन्। ओली निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाएका छन् भने माधव नेपाल निकट कर्मचारीहरूले मोहन घिमिरेलाई पठाएका छन् ।
केपी ओली निकट कर्मचारीहरूले आगामी माघ ७ र ८ गते सङ्गठनको महाधिवेशनको मिति तय गरेका छन् । ओली निकट कर्मचारीहरूले माधव नेपाल निकट कर्मचारीहरूले सङ्गठनको माइन्युटिङ र लेटर प्याड चोरी भएको आरोप लगाएका छन् ।
२०४७ सालमा नेपाल निजामती कर्मचारी सङ्गठनको स्थापना भएको थियो । २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा उक्त सङ्गठनले सबैभन्दा बढी भोट ल्याएको थियो । २०५४सालमा एमाले विभाजित हुँदा पनि कर्मचारी सङ्गठन विभाजित भएको थिएन । यस पटक भने कर्मचारी सङ्गठन औपचारिक रूपमै फुटेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।