२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

नेपाली काङ्ग्रेस १४ औं अधिवेशनमा महामन्त्रीमा एन.पी साउन प्रवल दावेदार

घरको माहोल नै राजनीतिमय थियो । स्थिति कस्तोसम्म थियो भने त्यो बेला कांग्रेसको साधारण सदस्यता लिनु पनि पाप हुन्थ्यो। राजनीतिको पहिलो फड्को भनौँ या होमिएको भनौँ( आफूलाई सम्झना भएसम्म २०३५/०३६ सालतिर होला शेरबहादुर देउवा, खेमराज भट्ट मायालु, गणेश पन्त, रत्न ऐर लगायत विद्यार्थी नेताहरूले जिल्लामा पञ्चायती व्यवस्थाको विरुद्ध आवाज उठाउने काम गर्नुहुन्थ्यो । त्यो बेला म पनि भर्खर घरबाट बाहिर निस्किएको अवस्थामा थिएँ । शेरबहादुर दाइको नेतृत्व शैलीले मलाई आकर्षण गरिहाल्यो। १० कक्षामा पढ्दा नेपाल विद्यार्थी संघको विद्यालय एकाइको सभापति भएर पहिलो पटक मञ्चमा उक्लेर भाषण दिएको पनि काम लाग्यो भन्दै थिए नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नारायणप्रकाश साउद ५७ (एनपी) ।

डडेल्धुरा जिल्लाको नौ गाउँमा जन्मिएका उनले युवा तथा शैक्षिक काल गाउँमा बिताए पनि जीवनको स्वर्णिम काल भने राजधानीमा बिताएका रहेछन् । पहिलेदेखि नेपाली कांग्रेसको राजनीतिमा चाख राख्ने साउदले आफ्नो पेशाको रूपमा राजनीतिलाई रोजे तर यसलाई व्यापार भने बनाएनन्। गुट उपगुटमा रुमल्लिएको नेपाली कांग्रेसको राजनीतिलाई निकै नजिकबाट नियालिरहेका साउद कांग्रेसमा देखिएको व्यक्तिवादी राजनीतिको माहोलबाट केही निराश देखिन्थे। अनुहारमा भावुकता प्रष्ट देखिए पनि आफूलाई अरूको सामुन्ने उतार्ने उनको शैली फरक छ । विगतदेखि नै यो लेखक परिचित थियो । राजनीति गर्ने मानिस न भावुक हुन्छन् न रिसाहा । ठिक यही शैली युवा नेतृत्वकर्ता साउदमा देखिन्थ्यो ।

नेपाली राजनीतिको सीधा र टेढो दुबै रूपलाई नजिकबाट नियालिरहेका साउदले २०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा बनेको नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य रहेछन्। पूरै विद्यार्थी जीवन राजनीतिमा बिताएका साउद २०४८ सालमा नेपाली विद्यार्थी संघको अध्यक्ष भए। कञ्चनपुर जिल्लालाई आफ्नो राजनीतिको आधारशिला बनाएर राजनीतिमा होमिएका साउदले देशमा भएका विभिन्न निर्वाचनमा आफूलाई अब्बल नै तुल्याए। २०५६ सालमा भएको निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित भएका २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बन्न पुगे। आफ्नो शैशवकालदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका साउद कांग्रेस राजनीतिमा देउवा पक्षीय भनेर चिनिन्छन्।

जसको कारण पार्टी सभापति शेरबहादुर देउवाले २०६१ सालमा पार्टी विभाजन गर्दा नेपाली कांग्रेस ९प्रजातान्त्रिक०को केन्द्रीय सदस्य बन्न पुगे। जसै पार्टी एकीकरण भयो उनी केन्द्रीय सदस्य बने। व्यवस्थापिका संसद्को विभिन्न समितिमा बसेर काम गरेका साउद २०६४ सालको निर्वाचनमा भने पराजित भए। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लगातार विजयी हुने नेताको चर्चामा आउने साउद सिँचाइमन्त्री समेत भएका थिए।

राजनीति गर्ने मानिस सबैको आँखी हुन्छ भनेझैँ उनी र उनको परिवार पनि माओवादी द्वन्द्वको चपेटामा परेको रहेछ। २०५६ साउन महिनातिर उनको घर जग्गाजमिन माओवादीको कब्जामा पुगेको रहेछ। उनको परिवार स्थानीय रूपमा निर्वासित जीवन बाध्य भएको थियो। सामाजिक, न्यायिक र आर्थिक अवसरका बाटा समाजमा प्रजातान्त्रिक समाजवादबाट मात्र सम्भव छ भन्ने कुरा त्यो बेला पनि चर्चामा आइरहन्थ्यो। त्यही प्रजातान्त्रिक समाजवादको लहलहैमा लागेर त्यो बेलाका राजनीतिज्ञहरूबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताए। राजनीतिमा आफ्नो पिँढीको उल्लेखनीय योगदान रहेको बताउने साउद प्रजातन्त्र भनेको राजनीतिक दर्शन मात्र नभई संस्कृति पनि भएको स्पष्ट पार्छन्। लगभग आधा उमेर राजनीतिमा बिताइसकेका साउद आफ्नो पार्टी संसदीय अभ्यासअनुरूप चल्न नसकेकोमा दुःख प्रकट गर्छन् ।
पार्टीभित्र क्षतविक्षत नीतिका कारण अहिले पार्टीमा गुटबन्दी बढ्न थालेको हो। कार्यकर्ताका लक्ष्य ओझेलमा पर्न थालेका छन्। उनी निर्धक्क भन्छन्, ‘दलभित्र त्याग र बलिदान गर्ने भन्दा अवसरवादी प्रवृत्तिका मानिस स्थापित हुन् थालेका छन्।’ यसबाटले जे जसरी भए पनि अवसर उठाउने चलन बढ्यो। पार्टी प्रवेशको मुख्य कारण पार्टीबाट लिने अवसरलाई गनिन थालियो।

त्यसैले पार्टीमा अस्थिरता आउन थालेको बताउँछन् साउद। यसै कारणले पनि नेपाली कांग्रेसको साखमा गिरावट आउन थालेको महसुस गरिन थालेको छ। पार्टी हाँक्ने र पार्टीलाई अनुशासित ढंगले चलाउने परम्परामा लगाम लगाउन पार्टीभित्रका केही नेताहरू जरै उखेलेर लागेका छन् ।

राजनीतिमा कोही कसैको स्थायी शत्रु हुँदैन भनेझैँ केन्द्रीय नेता साउदले पनि पार्टीलाई सबल र एकजुट बनाउन सबै लाग्नुपर्ने बताए। निर्वाचनपछि जिल्लामा नेता जाँदैनन् भन्ने कुरालाई साउद मान्दैनन्। उनी भन्छन्, ‘मैले आफ्नो कार्यकालमा जिल्लामा १५ वटा बढी पुल निर्माण गराउन लगाएँ।’ महाकाली सिँचाइ आयोजनाको तेस्रो तहको काम पनि साउदले नै अगाडि बढाएका रहेछन्। सुदूरपश्चिमलाई केन्द्र सरकारले दिने बजेटमा अभिवृद्धि गरी ४५ जिल्लामा बिस्तार गरेको कुरा पनि उनले बताए।

राजनीतिदेखि विकासका हरेक कुरामा अब्बल रहेका साउद सुदूरपश्चिमका उम्दा तारा हुन् । राजनीतिक परिदृष्यका रेखाहरुलाई पच्छ्याउदै आईरहेका साउदलाई सुदूरपश्चिमा मात्र नभएर पुरा नेपाल राष्ट्रले एउटा युवा पुस्ताको दरिलो नेतृत्वकर्ताको पहिचानको रुपमा लिई सकेको छ । महामंन्त्रीमा साउदको उम्मेदवारीले देउवाले सुरु गर्न लागेको पुस्तानतरण अभियानलाई सहज बनाउने कुरामा नेतृत्व वर्ग ढुक्क छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।