२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

पुनर्वासमा सशस्त्र प्रहरी द्वारा २ लाख बराबरको अवैध कपडा बरामद

पुनर्वास – चाडपर्व नजिकिए संगै कंचनपुरको दक्षिणी क्षेत्रमा तस्करी  बढ्दै गएपछि सशस्त्र प्रहरी र जनपद प्रहरी पनि तस्करी नियन्त्रणमा  सक्रिय देखिएका छन् ।

केही दिन यता दैनिकै जसो सशस्त्र प्रहरीले अवैध सामानहरु नियन्त्रणमा लिदै आएपनि शनिबार बिहान पनि भारतीय बजार बसहीबाट ल्याउदै गरेको अवस्थामा  नेपाली  दुई  लाख मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिएको छ ।

 पुनर्वास नगरपालिका ४, आमताल नजिकै जमुना घारीबाट दुई वटा साईकलमा भारतबाट ल्याउदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार आफ्नो टोली देखेपछी तस्करहरु साईकल सहितको अवैध कपडा छाडेर फरार रहेको बताए । 

आफुसङ्ग पर्याप्त जनशक्ति नहुदा पनि तस्करहरुलाई चैन भयो सशस्त्र प्रहरी निरीक्षक बिष्टले भने तर तस्करलाई कदापी चैन गर्न दिदौनौ सक्दो नियन्त्रण र कार्वाही गर्छु ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।