२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

सुदूरपश्चिममा आज १० जनामा कोरोना पुष्टि

धनगढी ।  सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ गरी १० जनामा कोरोना पुष्टि भएको हो । 

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका २५,४५,४५ र ३६ वर्षीय गरी ४ पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १९ र २३ वर्षीय गरी ३ पुरुष, त्यसैगरी कञ्चनपुरकै भीमदत्त नगरपालिकाका –११ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। उनका अनुसार केदारस्यू गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय १९ पुगेको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।