२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

शिक्षक विद्यार्थिलाई झोला वितरण

डडेल्धुरा— डडेल्धुराको भागेश्वर गाउपालिका ३ बोगटामा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थि, शिक्षक एवं कर्मचारी हरुलाई झोला वितरण गरेको छ । डडेल्धुराको भागेश्वर गाउपालिका वडा नम्बर ३ बोगटामा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थि,शिक्षक एवं कर्मचारीहरुलाई झोला वितरण गरेको छ ।
आज विज्ञान दिवसको अवसर पारेर शिक्षकलाई ल्यापटप झोला,डायरि र विद्यार्थिहरुलाई साधारण झोला र डायरि दिएको विद्यालयका प्रध्यानाध्यापक ठाकुर मायालु भाटले जानकारि दिनुभयो । विद्यालयले प्राविधिक धार तर्फका ४० जना विद्यार्थिहरु लाई झोला वितरण गरेको हो । आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खडक सिंह भाटको अध्यक्ष्यतामा र शिड्डअड्डसंघ का अध्यक्ष एव पदाधिकारी , प्रधानाध्यापक श्री ठाकुर मायालु भाट को उपस्थितिमा गरिएको औपचारिक कार्यक्रममा विद्यार्थि,शिक्षक एवं कर्मचारीहरुलाई झोला वितरण गरिएको थियो ।
यस विद्यालयमा कृषि वालि विज्ञान ९ देखि १२ को कार्यक्रम विगत ३ वर्ष देखि संञ्चालनमा रहेको छ । विद्यार्थिहरुलाई पढाई तर्फ आर्कषित गराउनु र सिकाईका लागि थप पुनर्बल तथा उत्प्रेरणा जगाउन र शिक्षक एवं कर्मचारीहरु लाई शिक्षण सिकाई कार्यमा सहता गराउन र दैनिक पाठ योजना बनाउन साथै कार्य प्रति बफदार बनाउनुका लागि झोला वितरण गरिएको प्र.अ. ठाकुरको भनाई रहेको छ ।
यस कार्यक्रमका साथै आज यश विद्यालयमा नव प्रवेशि शिक्षक केशवराज चटौत र प्रशिक्षक नविन अवस्थि ९ कृषि वालि विग्यान ११ देखि १२ अध्यापन गर्न को पनि स्वागत कार्यक्रम गरियो । यसका साथै यस विध्यालयमा कक्षा ९ कृषि प्राविधिक धार तथा सधारण धार , कक्षा ११ र अन्य कक्षामा नव आगन्तुक विध्यार्थि हरुको स्वागत कार्यक्रम गरिएको प्रधानाध्यापक भाट ले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।