२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

स्वर्गिय पत्रकार जेपी जोशीका परिवारलाई आर्थिक सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ३ मालाखेति बस्दै आएका स्वर्गिय पत्रकार जेपी जोशीका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

गोदावरी पत्रकार मञ्चले आफनो प्रथम अधिवेशन कार्यक्रमको अबसर पारेर स्वर्गिय पत्रकार जेपी जोशीकी श्रीमती बसन्ती जोशीलाई सम्मान गर्दै पत्रकार मञ्चका तर्फवाट ३ हजार र नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलका तर्फवाट ३ हजार गरी ६ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

आर्थिक अबस्था कमजोर रहेका स्वर्गिय पत्रकार जोशीको परिवारलाई थोरै भएपनि राहत होस भन्ने उध्ेश्यका साथ सानो सहयोग गरिएको गोदावरी पत्रकार मञ्चले जनाएको छ ।

साथै स्वर्गिय पत्रकार जोशीको सम्झनामा उनकी श्रीमती बसन्ती जोशीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । अत्तरिया र धनगढीमा पत्रकारिता गर्दै आएका पत्रकार जोशी २०६५ साल असोज २२ गते बेपत्ता भएका थिए ।

सोही वर्ष मंसिर १३ गते मालाखेतीको जंगलमा उनको कंकाल फेला परेको थियो । तर उनको हत्यामा संलग्नको अहिले सम्म पहिचान भने हुन सकेको छैन । स्वर्गीय पत्रकार जोशीका श्रीमती र दुई छोरी छन् ।

जेठी छोरी पूजालाई केही दिन पहिले मात्रै धनगढीको एक्सिस विद्याश्रमले निशुल्क कानुन विषय पढाउने घोषणा गरेको छ ।

नेपाल पत्रकार महासंघको आग्रहमा एक्सिस विद्याश्रमले निशुल्क कानुन विषय पढाउने घोषणा गरेको हो । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।

आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।