२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

बझाङमा आफ्नै नाति द्वारा ८० बर्षिया बजैको हत्या

बझाङ — बझाङको दुर्गाथली गाउँपालिका – ५ घर
भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २१ का सुभाष जप्रेलले आफ्नै बज्यै ८० बर्षकी रिठी जप्रेलको हत्या गरेको स्थानीयले बताएका छन् ।
आफ्नै नातीले मारेको प्रहरीलाई भने पछि अपराधि अहिले प्रहरीको नियन्त्रणमा रहि जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्काले बताए ।
सदरमुकाम चैनपुरबाट घटना स्थल टाढा भएको कारण पुरा जानकारी आउन बाकि छ प्रहरी टोली घटना स्थल पुगेर थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सो स्थानमा फोनको टावरले राम्रो संग काम नगर्ने भए पछि घटनाको थप विवरण आउन समस्या भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।