२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अब लाईसेन्स फारम सजिलै भर्नुस !

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम प्रणाली ह्याक भएको थियो । उक्त समस्याको समाधानका रुपमा यातायात व्यवस्था विभागले ‘ओटिपी कोड’को व्यवस्था गर्ने भएको हाे ।

ओटिपी कोडको व्यवस्थाले ह्याकको समस्या फेरी नदोहोरिने विभागले जनाएको छ । यस व्यवस्था अनुसार लाइसेन्सको अनलाइन फारम भर्दा ‘सिस्टम’ले स्वचालित रुपमा मोवाइलमा ओटिपी कोड पठाउने छ । त्यो कोड राखेपछि बल्ल फारम प्रकृया पुरा हुने छ ।

नेपालको साक्षरता दर कम हुँदा ओटिपी कोड लागू भएपछि केही झन्झटिलो हुने देखिए पनि ह्याकरहरुले आफुखुसी फारम भर्न भने पाउने छैनन् ।

विभागका आइटी निर्देशक श्रीचन्द्र शाहले हाल यस विषयमा सिस्टम परिर्वतनको काम भइरहेको बताए । उनले यो परिवर्तित प्रणाली चाँडै सञ्चालनमा ल्याइने बताए ।

‘हमीले ‘वान टाईम पासवर्ड कन्ट्रोल’ का लागि यो व्यवस्था ल्याउन लागेका हौं, एसएमएस मार्फत कोड आएपछि मात्र फारम पुरा हुनेछ,’ शाहले भने ।

उनले पहिल्यै जानकी टेक्नोलोजीसँग म्यासेजको सम्झौँता भएको र हाल म्यासेज संख्या बढाएर मात्रै यो सिस्टम लागु गरिने बताए ।

यसमा सेवाग्राहीको खर्च नहुने भएतापनि विभागका लागि एसएमएसको खर्च थपिने उनले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।