२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कक्षा १२ परिक्षामा परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो

आज देखि शुरु कक्षा १२ परिक्षामा परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो पनि बाहिरिएको छ । आज भएको अग्रेजी विषय उतरपुस्तिका नम्बर र सिम्बोल नम्बर प्रस्ट देखिन्छ ।

परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल भएको छ । परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा टिकटकमा राखिएको छ ।

Video Play

साथमा यो पनि – जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ ।

टिकटक प्लेटफार्ममा जनकपुरको मोडेल मल्टिपल कलेजकी एक छात्राले केही दिनअघि परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो ।

परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा हालेपछि चौतर्फी आलोचना भएको हो । देशको उत्कृष्ट २० कलेजमध्ये जनकपुरको मोडेल कलेज पनि पर्दै आएको भन्दै कलेजको भित्री अवस्था नै यस्तो रहेको भनेर टिकाटिप्पणी गरिएको छ ।

मोडेल कलेजका विद्यार्थीहरुले नै भिडियो बनाएर टिकटकमा हालिदिएको हो । मोडेल कलेजका व्यवस्थापन प्रदीप लाल कर्णका अनुसार, परीक्षा हलमा विद्यार्थीहरुले टिकटक बनाएको र कसैले अपलोड गरिदिएको हो ।

अहिलेसम्म अपलोड गर्ने विद्यार्थी फेला नपरेको उनले जानकारी दिए ।टिकटकमा राखिएको भिडियो प्रिन्ससँतोष४ को आईडीबाट अर्को भिडियो राखिएको हो ।

सो भिडियो पहिले प्रिन्सेसप्रिन्सेस९०९ को आईडीबाट भएको बुझिएको छ । यद्यपी, भिडियोमा देखिएको विद्यार्थी पनि सोही आइडीको हुन सक्ने बुझिएको छ ।भिडियोमा परीक्षा चलिरहँदा विद्यार्थीले आफ्नो परीक्षाको कापी भिडियोमा देखाएकी हुन् ।

परीक्षा हलभित्र नेपाल परीक्षा बोर्डले मोबाईल प्रतिबन्ध गरिएपनि मोडेल कलेजले परीक्षा हलभित्र मोबाइल लग्न दिनु व्यवस्थापकप्रति प्रश्नचिन्ह खडा भएको छ ।

व्यवस्थापक कर्णले परीक्षा कहिलेको हो भनेर यकिन नभएपनि भिडियोमा देखिएको २५ मार्कको लागि प्रयोगात्मक (प्राक्टीकल) परीक्षा रहेको र कलेजभित्रैको इन्टरनल परीक्षा भएको दाबी गरेका छन् ।

उनले भने, ‘यो कुनै ठुलो कुरा हैन, हामी अपलोड गर्ने विद्यार्थी पत्ता लगाइरहेका छौँ । यसमा कसैलाई नेगेटिभ लिनुछ भने लिन दिनुस, कसैले पोजिटिभ लिनु छ लिन दिनुस् ।’ कर्णका अनुसार, कसैले बदनाम गर्ने नियतले नै सो भिडियो अपलोड गरेको हुन सक्ने अनुमान गरे ।

यसअघि पनि एक विद्यार्थीले जीतेन्द्रसाह४२१२ को टिकटक आईडीले भिडियो हालेका थिए । सो क्रममा पनि परीक्षा हलमा लिएको भिडियो अपलोड भएको थियो ।

केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।

मोडेल मल्टिपल कलेजका परीक्षार्थीहरुले निरन्तर यस्ता क्रियाकलापमा सँलग्न भएको देखिएको छ । एकपछि अर्को भिडियो टिकटकमा हालेपछि कलेजको व्यवस्थापन र गुणस्तरियताप्रति पनि प्रश्न चिन्ह उठेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।