२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

हेरफेर गरिएका १२ जिल्लाका सीडीओ हरौ सूचीसहित

काठमाडौं — गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन् ।

गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा भएकी छन् र गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पुगेका छन् ।

मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा भएका छन्, रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएका छन् ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

हेर्नुहोस् सूचीः
https://drive.google.com/file/d/1yksvpkBSQhM9LPBfKO2H25rUQlXMsbDm/view

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।